दुबइमा मगर संघ यूएईको पहिलो बैठक सम्पन्न

लालबहादुर ढेंगा, 
गत १३ सेप्टेम्बर शुक्रबारका दिन दुबइको अरब उड्पी रेष्टुरेण्टमा मगर संघ यूएईको विभिन्न बिषयहरुमाथि छलफल गर्न तथा गएको ३० सेप्टेम्बरका दिन दुबइमा भएको सार्तौ महाधिवेशनको समिक्षा गर्ने हेतुले पहिलो बैठक सम्पन्न गरेको छ । सो बैठक सातौं महाधिवेशन भएप्छि नयां कार्यसमितिलाई कार्यभार हस्तान्तर गर्न र रिक्त रहेको पदहरु पुर्ती  गर्नका लागि गरिएको हो ।
उक्त बैठक अध्यक्ष हस्तराज दर्लामी मगरको अध्यक्षता, उप संरक्षक लालबहादुर ढेंगाको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तैगरी बिशेष अतिथिमा सल्लाहकार नुनप्रसाद सोमै मगर रहनुभएको थियो भने अन्य अतिथिहरुमा विभिन्न क्षेत्रका क्षेत्रीय प्रमुखहरु र केन्द्रीय पदाधिकारीहरु रहेको बैठकलाई महासचिव खेम रास्कोटी मगरले संचालन गर्नु भएको थियो । 
परिचयत्मक कार्यक्रमबाट थालनी भएको बैठकमा विभिन्न वक्ताहरुले आ-आफ्ना भनाईहरु राख्दै नयां कार्यसमितिलाई आगामी दर्ुइ बर्षो कार्यकालका लागि शुभकामना समेत दिएका थिए । सातौं महाधिवेशनको समिक्षा गर्दा कतिपयबाट सफलता भएको बताए भने कतिपयले केही कमिकमजोरीहरु देखाए । सोही अवसरमा पूरानो कार्यसमितिले नयां कार्यसमितिलाई सम्पर्ूण्ा कार्यभार हस्तान्तरण गरेको छ ।  
मगर संघ यूएईले यहाँ कार्यरत लगभग ४० हजार मगरहरुको उत्थान गर्दै आफ्नो भाषा, धर्म, लिपि, संस्कृति र भेषभुसालाई प्रवासमा पनि चिनाउनमा अहम भूमिका खेल्दै आएका छन् । प्रवासी नेपालीहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्दै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै पनि आएको छ । आगामी दिनका लागि अझै सशंक्त ढंगले संघलाई अगाडि लैजानमा सबैले बिशेष जोड दिएका थिए । 
सातौ महाधिवेशनमा चयन भएर बांकी रिक्त रहेको पद पहिलो बैठकमा पर्ुर्ति भई पर्ूण्ा कार्यसमितिको नामावली यस प्रकार रहेको छ । जसमा क्रमशः संरक्षकमा गिरमान थापा, उप संरक्षकमा लालबहादुर ढेंगा, सल्लाहकारहरुमा नुनप्रसाद सोमै मगर, बविता रास्कोटी मगर र जेवी राना मगर रहेका छन् भने अध्यक्षमा हस्तराज दलार्मी मगर, वरिष्ठ उपाध्यक्षमा भरतराज राना मगर, उपाध्यक्षमा अशोक रामजाली मगर, ललितमान राना र राजु सिंजाली मगर, कोषाध्यक्षमा ज्ञानबहादुर सारु मगर, सहकोषाध्यक्षमा टंक थापा मगर, महासचिवमा खेम रास्कोटी मगर, सचिवमा सुरेन्द्र रोका मगर, प्रवक्तामा खुमबहादुर आले, संगठन विभाग प्रमुखमा प्रदीप थापा, अनुशासन विभागमा कुमबहादुर सारु, सांस्कृतिक विभागमा शिला राना, खेलकुद विभागमा गणेश राना, महिला विभागमा सुनिता थापालाई चयन गरेको छ । 
त्यस्तैगरी अन्य सदस्यहरुमा मुक्त थापा, चुमानसिंह सारु, हर्क थापा, टोपबहादुर रेश्मी, होम थापा, भुवन थापा, लालबहादुर सिंजाली, गम्भीर सिंजाली, लोकबहादुर सुनारी, आशिका पुलामी, चन्दा पुलामी, चन्द्र राना र चोकबहादुर पुन रहेका छन् ।