सुदर्शन सापकोटा, नागरिक
काठमाडौं – बैंकबाट ऋण लिएर घर, गाडी लगायत सम्पत्ति जोड्ने योजना बुन्दै हुनुहुन्छ भने उपयुक्त समय यही हो । वाणिज्य बैंकहरूले आफूकहाँ पैसा थुप्रिएपछि उपभोक्ता कर्जाको ब्याज घटाएका छन्। करिब १४ प्रतिशत हाराहारीको ब्याजदर ७ देखि १० प्रतिशत बीचमा झरेको छ।
बैंकले आफूकहाँ जम्मा भएको निक्षेप लगानी गर्ने ठाउँ नपाएपछि उपभोक्तालाई सस्तैमा ऋण दिन थालेका हुन्। घर, गाडी लगायतमा दिने उपभोक्ता कर्जादेखि छोटो अवधिको व्यापारिक तथा व्यावसायिक कर्जामा समेत ब्याज घटेको छ । अहिलेको ब्याजदर चार वर्षअघिको ८ प्रतिशत हाराहारी हो ।
कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अनलराज भट्टराईले बैंकसँग प्रशस्त पैसा हुँदाहुँदै ऋणको माग नआएपछि ब्याजदर घट्न थालेको बताए । गत आर्थिक वर्ष अन्त्यदेखि नै बैंकमा थुप्रिएको पैसा लगानी हुन सकेको थिएन । राष्ट्र बैंकका अनुसार बैंकहरूसँग ३० अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा छ ।
अधिकांश बैंकले दसैं