सुनको भाउ उकालो

काठमाडौं  । स्थानीय बजारमा पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको भाउ बिहीबार भने उच्च दरले उकालो लाग्यो ।

 

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबारको तुलनामा बिहीबार छापावाल सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार तोलाको ५४ हजार ३ सय १ रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै यस दिन चाँदीको भाउमा पनि बृद्धि आयो । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा ४० रुपैयाँले बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।


अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रति औंस १३ सय ७० डलरको हाराहारीमा कारोबार भएको थियो ।

 

RSS