रौतहट । रौतहटमा बौद्धिक अपांगता भएकी ५० वर्षीय महिलालाई बलात्कार गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको तीन वर्षपछि प्रहरीले बलात्कारका आरोपीहरु हथियाही गाउँ विकास समिति २ का २८ वर्षीय वदानन्द पाठक र रामबाबु यादवलाई पक्राउ गरेको हो ।
पाठकलाई रौतहटको सन्तपुरबाट र यादवलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले २०६७ सालको वैशाखमा महिलालाई बलात्कार गरेका थिए ।
पीडित महिलाको घरमा डेरा गरी बसेका पाठक र यादवले महिलाका श्रीमान बाहिर गएको मौका छोपेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
स्रोत: RSS नेपाली संचारमाध्यम