१० नेपाली साउदीमा अलपत्र

बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका १० नेपाली अलपत्र परेका छन् ।
गत असार १८ गते साउदीका लागि उडेका उनीहरु साउदीमा काम नपाएपछि खुसाइबी मकैया सहरमा अलपत्र परेका हुन् ।
कास्की लामाचौरका बलराम पौडेल,तनहुँका गोविन्द आचार्य, नवलपरासी मणिराज मगर र लेखराज मगर, चितवनका ईश्वरी पाठक, गुल्मीका दान बहादुर बस्नेत, धादिङ बुद्धिमान विसुन्के, दैलेख भक्तबहादुर विष्ट र मोरङका खगेन्द्र बहादुर भुजेल र धन तामाङ अलपत्र पर्नुभएको हो ।
आफूहरुको उद्धारका लागि पटक पटक साउदीस्थित नेपाली राजदुताबासलाई आग्रह गरेपनि दुताबासले चासो नदिएको लामाचौरका बलराम पौडेलले टेलिफोनमा जानकारी दिनुभयो ।  
अलपत्र परेका नेपाली कामदारहरु काठमाण्डौ कलंकी स्थित किट्स इम्पोइमेण्ट सर्भिस प्रा.लि मार्फत रोजगारीका लागि साउदी गएका हुन् ।