दशैं र तिहारको लागि मुस्ताङबाट करिव ६० हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने

पर्वत । हिमालपारीको जिल्ला मुस्ताङबाट दशैं र तिहारको लागि भेडा च्याङग्रा ल्याउन थालिएको छ । 
यस बर्ष मुस्ताङबाट करिव ६० हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा.गुरुप्रसाद ठाकुरले जानकारी दिए । यस बर्ष ५५ हजार ९ सय २६ वटा च्याङग्रा र ४ हजार ७ सय ५३ वटा भेडा ल्याइने तयारी गरिएको छ । 
गत बर्ष तिब्बतबाट समेत गरी करिब ७२ हजार भेडा, च्याङग्रा ल्याइएकोमा यस बर्ष १२ हजार कम मात्र आउन लागेको हो । यस वर्ष तिब्बतबाट मुस्ताङमा भेडा, च्याङग्रा ल्याइएको छैन । भदौ महिनाको शुरुवातबाटै जिल्लाका पशुमा खोरेत रोग लागेकाले तिब्बतबाट भेडा, च्याङग्रा ल्याउन नसक्दा बजार मूल्य भने बढ्ने आशंका छ । 
मुस्ताङबाट भेडा च्याङ्ग्रा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की हुंदै काठमाडौंसम्म ल्याइन्छ । 
RSS, IMAGECHANNEL