राजु घिमिरे
विभिन्न एयरलायन्सवाट नेपाल फर्कन थालेका करीव ८० जना नेपालीहरु सोमवार विहान क्वालालम्पुरको विमानस्थलमा पक्राउ परेका छन् ।
गैरआवासिय नेपाली संघका लेवर संयोजक निरोज गौलीका अनुसार वोडिङ पास लिईसकेपछि मलेसियाको अध्यागमन विभागले अनुसन्धान गरी छापा हान्दा उनीहरु समातिएका हुन् ।
यसरी समातिनेहरुमा पुत्राजया अध्यागमन कार्यालयमा गई आउटपास नलिईकन सेटिङको माध्यममार्फत गलत वाटो अपनाएर घर र्फकन थालेकाहरु भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपाल एयरलाइन्सवाट सोमवार १९० जनाले टिकट लिएको भएपनि ६२ जना यात्रुहरु अपुग भएको कारण क्वालालम्पुर विमान स्थलवाट प्लेन उड्न सकेको छैन ।
नेपाल एयरलायन्सकी कन्टि्र मेनेजर रसु कार्किले भन्नुभयो-