शेयर बजार सामान्य सकारात्मक

काठमाडौं, आश्विन ९ । बुधबार पनि शेयर बजार सामान्य सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले सुधारिएर ५ सय ४३ दशमलब तीन पाँच अंकमा पुग्यो ।


यसदिन वाणिज्य बैंक र बीमा समूह बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो । जलविद्युत समूहमा सबैभन्दा उच्च साढे ३३ अंकले र टेलिकम सूचीकृत अन्य समूहमा ६ अंक बराबरको सुधार आएसँगै नेप्से बढेको हो ।


कारोबार परिमाण भने यसदिन पनि सुधारिएन । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९६ कम्पनीको ३ लाख बराबर कित्ता शेयर ९ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको एक्सचेन्जले जनाएको छ । RSS