काठमाडौं । अघिल्ला दुई दिनै सामान्य अंकले सुधारिएको शेयर बजार परिसूचक विहिबार भने पुनः ओरालो लाग्यो । विहिबार नेप्से साढे १ अंकले घटेर ५ सय ४१ दशमलब ७ विन्दुमा आइपुग्यो ।
कारोबार भएदेखि निरन्तर ओरालो लागेको नेप्से अन्तिम समयतिर केही सच्चिएपनि ऋणात्मकमै थामिएको हो । यसदिन कारोबार भएका मध्ये चार समूह सकारात्मक रहे भने चार समूह ऋणात्मक रहे ।
जलविद्युत समूहमा करिब ४ अंकको सुधार आएपनि टेलिकम सूचीकृत अन्य समूह ५ अंक बराबरले र वाणिज्य बैंक समूह साढे २ अंकले घटेसँगै नेप्से झरेको हो ।
यसदिन ९७ कम्पनीको ३ लाख ६६ हजार कित्ता शेयर ८ करोड १८ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
RSS, IMAGECHANNEL