पर्वत । पर्वतमा न्यून विद्यार्थी भएका ११ विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालय पर्वतले नजिकैको विद्यालयमा गाभेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले पहिलो चरणमा विद्यार्थी संख्या न्यून भएका र विद्यालय नजिक भएका प्राथमिक विद्यालयहरुलाई एकआपसमा गाभ्ने योजना अनुरुप ११ प्राथमिक विद्यालयलाई गाभिएको जनाएको छ ।
जिल्लामा रहेका २ सय १७ प्राथमिक विद्यालयमध्ये शिक्षा विभागले निर्धारण गरेको मापदण्ड अनुरुप १ सय ५९ प्राथमिक विद्यालय एकआपासमा गाभिने अवस्था रहेका छन् ।
विद्यार्थी संख्या कम भएका जिल्लाका २ प्राथमिक विद्यालयहरु भने बन्द भएका छन । गाउँ