मलेसियाको जोहोरबारुमा एक नेपालीले झुण्डिएर आत्महत्या, सुतकै अवस्थामा अर्का नेपालीको ज्यान गयो

भिम तामाङ, अन्लाईनखबर
जोहोरबारु । मलेसियाको जोहोरबारुमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । सिन्धुपाल्चोक जिल्ला मेहलचौर कल्लेरी वडा न ६ घर भई जोहोरको होया मार्केटिङ कम्पनीको अंकुमेसिन जलान पेलालिन २५ मा कार्यरत अन्दाजी २५ वर्षका परमेश दंगालले झुण्डिएर आत्महत्या गरेका छन ।
सेप्टेम्वर २० तारिखको दिन उनी विदामा वसेका थिए । कम्पनी र होस्टल एकै ठाउँमा भएको कारण साँझ ८ वजेसम्म पनि उनी कोठामा यताउता गरिरहेका थिए । रातीको ११ वजेसम्म सम्र्पकमा रहेका उनको त्यसपछि भने सम्पर्क नभएको सँगै वस्ने साथी आशवहादुर विकले जानकारी गराए ।
सेक्टेम्वर २१ तारिखका दिन विहानपख कम्पनीको पछाडि पटिटको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि एक महिलाले कम्पनीमा खवर गरेकि थिईन । गएर हेर्दा उनको ज्यान गैसकेको थियो । उनी सो कम्पनी तीन वर्ष काम गरिसकेका थिए । उनका साथीहरु आउँदो २९ तारिखका दिन विदामा नेपाल जाने तयारी गरिरहेका थिए भने उनी भने अझै एक वर्ष नजाने भनेर वताउँदै आएका थिए । उनको भिनाजु सिताराम अधिकारी पनि सोहि कम्पनीमा कार्यरत छन ।
हाल उनको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ । मृतक परमेशको घरमा आमा वुवा श्रीमति र चार वर्षको छोरा, दाजु भाउजु रहेको वुझिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको वताईएको छ ।
सुतकै अवस्थामा एक नेपालीको ज्यान गयो
यसैगरी जोहोरमै एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । जलान पोन्त्यानमा रहेका क्यारेक्स इण्डस्टि्रयलमा कार्यरत २१ वषिर्य पहलसिं मगरको गएको शनिबार २१ त्ाारिखको दिन आ