शेयर बजार परिसूचक नेप्से न्यून अंकले धनात्मक

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से न्यून अंकले धनात्मक रह्यो । कारोबार भएदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से अन्तिम समयतिर आएर मात्रै सच्चिएको हो ।


नेप्से ५ सय ४१ दशमलब आठ छ विन्दु कायम भयो । टेलिकम सूचीकृत अन्य समूह ८ अंक बढिले र जलविद्युत समूहमा पनि ८ अंक बराबरको सुधार आएसँगै नेप्से धनात्मक रहेको हो ।


वाणिज्य बैंक समूह भने साढे २ अंक बराबरले घट्यो । यसदिन १ सय ८ कम्पनीको ४ लाख १५ हजार बराबर कित्ता शेयर ११ करोड ७६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । RSS, IMAGECHANNEL