आफूलाई राजदूत पदबाट च्युत गर्ने सरकारी निर्णयविरुद्ध अदालत पुगेकी मायाकुमारी शर्माको रिट सर्वोच्चले आइतबार फिर्ता गरिदिएको छ । सर्वोच्च का अनुसार रिटमा केही प्राविधिक त्रुटि देखिएकाले दर्ता हुन नसकेको हो ।
गैरकानुनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै त्यो खारेज हुनुपर्ने जिकिर मायाकुमारीले रिटमा गरेकी छन् । माओवादी कोटामा कतारका लागि राजदूत बनेकी मायाकुमारी विवादमा तानिएपछि पार्टीकै सिफारिसमा सरकारले पदच्युत गरेको हो । त्यसपछि उनी सर्वोच्चमा गएकी हुन् । सर्वोच्चले उनलाई त्रुटि सच्याएर आएपछि मात्रै दर्ता हुने भनेको छ ।