उदयपुर । उदयपुरको रुपाटार गाउँ विकास समिति वडा नम्बर ७ स्थित रातमाटे पहिरोमा आज माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
दसैंका लागि घर पोत्ने माटो लिन गएकी स्थानीय ८ वर्षीया निसाल नेपालीको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
उनीसँगै गएका अन्य चार जना भने घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । IMAGECHHAENL