दुबईमा दशै संगीत साँझ भब्यताका साथ सम्पन्न

गीता मणि पाण्डे 
युएइ,दुबई – बडा दशै २०७० को उपलक्ष्यमा युएइ एक्सचेन्ज दूबै को आयोजनामा दशै संगीत साँझ(Dashain musical night) भब्यताका साथ सम्पन्न भयो।  
नेपाली समुदायहरुको बाहुल्यता रहेको दुबई को ICAD मा गत १९ सेप्टेम्बरमा सो कार्यक्रमको कार्यक्रम संपन्न भएको थियो| सो सांगीतिक साँझमा दुबई मा रहनुभएका संगीत प्रेमी नेपालीहरु ठुलो मात्रामा उपस्थिती थियो। 
उक्त सांगीतिक कार्यक्रम मा ख्यातिप्राप्त गायककार सुमन उदय,डीजे फराह सहितका ब्यान्ड हरुले दर्शकहरुको मन जित्न सफल भएको थियो। 
करीब पांच हजार दर्शक हरुको उपस्थिति रहेको सो कार्यक्रम ४ घण्टा सम्म सञ्चालन भएको थियो। 
UAE Exchange को आयोजनामा यति धेरै दर्शक हरुको उपस्थिति रहेको कार्यक्रम संभाबत दुबई मै पहिलो हो।  युएइ एक्सचेन्जले पनी नेपाली हरुको चाडलाई प्रमुखता दिएर आयोजना गरेको कार्यक्रमले नेपालीहरुलाई थप प्रोत्साहन मिलेको छ।