मोरङमा साना हतियारको कारोवारमा संलग्न एक भारतीयसहित दुई जनालाई पक्राउ

विराटनगर । मोरङ प्रहरीले साना हतियारको कारोवारमा संलग्न एक भारतीयसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साना हतियारको कारोवारमा संलग्न भारत पथरदेवाका अव्दुल कादिर र सुनसरी साहेवगञ्जका अर्जुन शाहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
उनीहरुलाई विराटनगरको गुद्री बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेकाहरुको साथबाट एक थान अमेरिकन र एक थान चाइनल पेस्तोलका साथै पाँच राउण्ड गोली बरामद गरिएको पनि प्रहरीले जनाएको छ । RSS

अन्य समाचारहरु