शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार

काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो । मंगलबार नगन्य अंकले घटेको नेप्से बुधबार सवा १ अंकले सुधारिएर ५ सय ४३ दशमलब एक आठ विन्दुमा पुग्यो ।


यसदिन टेलिकम सूचीकृत अन्य समूहमा साढे ३ अंकको गिरावट आएपनि वाणिज्य बैंक र जलविद्युत समूहमा सुधार आएसँगै नेप्से सामान्य अंकले बढेको हो ।


जलविद्युत समूह ३ अंक बढिले र वाणिज्य बैंक समूह पनि साढे २ अंकले बढ्यो । यसदिन कारोबार परिमाणमा भने गिरावट आयो ।


९५ कम्पनीको ५ लाख ५० हजार बराबर कित्ता शेयर ११ करोड ९२ लाख रुपैयाँ बराबरमा खरिद