शेयर बजार सकारात्मक

काठमाडौं, आश्विन १७ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सकारात्मका थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले सकारात्मक रहेर ५ सय ४५ मा पुग्यो ।


सुरुमा ऋणात्मक रहेको नेप्से विस्तारै सुधारिंदै अन्तिम समयमा धनात्मक बन्न पुगेको हो । बीमा बाहेक अरु कारोबार भएका सबै समूह हरियो रहे । टेलिकम सूचिकृत अन्य समूहमा १० अंकको बृद्धि भयो ।


बीमा समूहमा भने डेढ अंकले गिरावट आयो । अरु समूह नगन्य अंकले धनात्मक रहे ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ९७ कम्पनीको ३ लाख ११ हजार कित्ता शेयर ९ करोड २१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । RSS