बझाङमा जिप दुर्घटनामा एकको मृत्यु, संविधानसभाका उम्मेदवारसहित चार जना गम्भीर घाइते

बझाङ । बझाङको बागथला बिजगडा सडकखण्डमा जिप दुर्घटना हुँदा पिपलकोट निवासी नरेन्द्र सिंहको मृत्यु भएको छ । दुर्घटनामा संविधानसभाका उम्मेदवारसहित चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी बझाङ क्षेत्र नम्बर २ मा अखण्ड सुदुरपश्चिम नेपाल पार्टीका उम्मेदवार पदम कुँवरको दाँया खुट्टा भाँचिएको छ भने अन्य घाइतेहरुमा पिपलकोटका सुरेश नेपाली, ठेगाना नखुलेका सुरेन्द्र कुँवर र जिप चालक सुवेडा गाविसका धिरेन्द्र सिंह रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । rss, imagechannel

अन्य समाचारहरु