गायिका कोपिला लिम्बुको कोपिला अब सांगीतिक बजारमा

क्यानाडाको क्यालगरी निवासी कोपिला लिम्बु ‘कोपिला’ गीति एल्बम लिएर  आफ्नो आधुनिक गायन प्रतिभा सहित नेपाली सांगीतिक बजारमा प्रवेश गरेकी छन् ।

 

सानै उमेरदेखि शौखको रुपमा गाउदै  र स्टेज कर्यक्रमहरूमा सहभागी हुँदै आएपनि उनको गीति एल्बम भने प्रवास बसाइपछि मात्रै सार्वजनिक भएको हो । 

 

  कोपिला एल्बममा कोपिला लिम्बुका स्वरमा सात गीतहरू समेटिएका छन् । एल्बममा समेटिएको  ‘के छ  मन्जुरी’ बोलको गीतमा  भने कोपिलालाई दीपक लिम्बुले साथ दिएका छन्। 

 

 एल्बममा नेपालका चर्चित गीतकारहरू डा कृष्णहरि बराल र बुद्धबीर लामादेखि  ललिता कुँवर, तान्ग्सांग लिम्बु, र प्रतिमा श्रेष्ठका शव्दहरू समेटिएका छन् । ओपेरा ट्युनस् म्युजिक प्रा. लि. काठमान्डुले बजारमा ल्याएको यस एल्वमका गीतहरू शान्तिराम राइ  र ताराप्रकाश लिम्बुका कर्णप्रिय  संगीतले सजिएका छन् । 

 

 डा कृष्णहरि बरालको रचना  र  ताराप्रकाश लिम्बुको संगीत रहेको ‘फूलैफूलको बाटो’ र तान्ग्सांग लिम्बुको रचना र ताराप्रकाश लिम्बुको संगीतमा रहेको कोपिलालाई गायनमा दीपक लिम्बुले साथ दिएको गीत ‘के छ मंजुरी’ को म्युजिक भिडियो समेत तयार पारिएको छ जुन युट्यूवमा समेत उपलव्ध छन् ।