कलाकार रोमा न्यौपाने र मिलन लामा दुबइ पुगे

राजु खडका 
बैदेशिक रोजगार का लागि  यु ए ई पुगेका नेपालीहरु मध्ये बिभिन्न कारण बस घर फर्किन नपाएका नेपाली हरुलाई घर देखी टाढा भएका मा मनमा दु:ख नलागोश र स्वदेश मै भये जस्तो अनुभब होश भन्ने हेतुले भोली बर दुबइ को अस्ट्रिया होटेल मा कार्यक्रम हुन गईरहेको छ्। उकत आयोजना हुन लागेको दसैं बिशेष कार्यक्रम मा आफ्नो कला र गला को पस्तुत गर्न चर्चित गायक मिलन लामा र आफ्नो निर्त्य ले सबैले रमाउन सघाएकी रोमा न्यौपाने आज सारजाह एअरपोर्ट पुगेका छन। 
कलाकार हरुलाई यु ए ई मा स्वागत गर्न नेपाली समाज यु ए ई अध्यक्ष बहादुर कार्की, नेपाल विश्व सहयोग सँग यु ए ई मा अध्यक्ष दीपक पौडेल, अर्घाखाँची संपर्क समिती यु ए ई का अध्यक्ष राजु खडका लगायत का साथी पुगेका थिए। फुलमाला को साथ मा खादा ओडाएर उहाहरुलाई सम्मान गर्दा मिलन लामा र रोमा न्यौपानेले संयुक्त रुपमा खुशी ब्यक्त गर्दै भोली हुने कार्यक्रम को लागि यु ए ई मा बस्ने सबै नेपाली हरुलाई उपस्थित हुन अनुरोध गर्नु भएको थियो।