अस्ट्रेलियामा “स्कुलको लागि बोटल अभियान”

धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
स्व गोपाल योन्जन:
अहिलेको वर्तमान अवस्थामा मुलुकको सबैभन्दा सबल पक्ष मानिने युवा शक्ति दिनहुं  हजारौंको संख्यामा  आ-आफ्नै कथा व्यथाले गर्दा आफु जन्मेको जननीलाई चटकै छोडेर बिदेशी भुमिमा जानु परेको छ। नेपालको राजनैतिक अवस्था, बेरोजगारको समस्या यस्तै यस्तै यावत समस्याले गर्दा युवाहरु बाध्यतले बिदेशी भुमिलाई  रोजगारको गन्तब्य बनाउन परेको छ । संसारको कुनै कुनामा पुगे पनि देशप्रतिको माया र देशमा हुने बिकृतिविसंगति प्रति धेरै युबाहरु चिन्तित छन् र आफुले सक्दो केहि गर्न प्रयाश गरिरहेका छन् । आफ्नो जन्म भुमिको निम्ति देशमै बसेर गर्नु पर्छ भन्ने छैन , यदि मनमा नेपाल प्रति माया छ भने नेपाली भुमिलाइ धेरै गर्न सकिन्छ भन्ने ज्वालन्त उदारण बनेको छ “स्कुलको लागि बोटल अभियान” Bottle for  school । साउथ अस्ट्रेलियामा बस्ने केहि जुगारू युबाहरुले २०१२ नोबेम्बर  देखि यो अभियान  सुरु गरेका छन् । यस अभियानले खाली बोटल र क्यान संकलन गरी त्यसलाई डिपोमा बेचेर संकलन भएको पैसा नेपालको शैक्षिक बिकाशको लागि सहयोग गरिरहेको छ । अहिले सम्म लम्जुङ्ग जिल्लामा रहेको ईलाम पोखरी गा.बि.स मा रहेको श्री सानो काभ्रे माध्यमिक बिद्यालयलाई २ लाख २५ हजार सहयोग गरिसकेको छ साथै  हेल्प नेपाल नेटवर्कको लागि  १ हजार १५ डलर  सहयोग गरेको छ । 
यस अभियानले  साउथ अस्ट्रेलिया सरकार मातहतमा “बोटल फर स्कुल ” भनेर  सस्था पनि दर्ता गरेको छ र जसको औपचारिक उदघाटन बिबिसी नेपाली सेवाका प्रमुख साथै हेल्प नेपाल नेटवर्कका सस्थापक अधक्ष्य  रबिन्द्र मिश्रले अस्ट्रेलिया भर्मणको क्रममा गरेका थिए । छुट्टिको समयमा धेरै नेपालीहरु रमाइलो, घुमघाममा रमाएका बेला  सस्थाका नारायण काजी गुरुङ , बिष्णु तिवारी, सुरेन्द्र निरौला, सुधिर लाल चन्द , सिमा क्षेत्री लगाएत अभियानकर्ताहरु भने आफ्नै व्यक्तिगत गाडी प्रयोग गरेर  बोटल संकलन गर्न घर घरमा पुग्छन र बोटल सफा गर्दै आफ्नो छुट्टि मनाउने गर्छन । 
कसरी सुरु गर्नु भयो भन्ने हाम्रो प्रश्नमा सस्थाका प्रबक्ता सुरेन्द्र निरौला भन्छन,” हामी सबै युवाहरु सकारत्मक परिवर्तन चाहने र देशको लागि केहि गरौ भन्ने सोच थियो, हुन सक्छ   हामी सबैको यहि सोचले हामीलाई एक गराएको हुनु पर्छ। अस्ट्रेलिया देखि नेपाल बिदामा जादा   लम्जुङ्गको दुध पोखरीमा नारायण काजी गुरुङ (जो अहिले सस्थाको अधक्ष्य हुनु हुन्छ ) ट्रेकिंग जादा त्यहाँ रहेका स्कुलहरुको जिर्णस्थिति देखेर  भाबुक भएको र  अस्ट्रेलिया फर्किसके पछि साथीहरुसंग  त्यो आफ्नो अनुभव सुनाए पछि  सबैले अब हामीले केहि गर्नु पर्छ भनेर एकीकृत भएर अभियान सुरु गरेको कुरा बताउछन। श्री सानो काभ्रे माध्यमिक बिद्यालयलाई १० लाख सहयोग गर्ने लक्ष्य छ र अन्य ठाउँका बिद्यालयलाई पनि आगामी दिनमा सहयोग गर्दै जाने  र यो अभियानलाई दिगो रुपमा अगाडी बढाउने कुरा   निरौलाले बताए। क्यान,बोटल संगै अहिले सस्थालाई विभन्न ठाउँ देखि आर्थिक सहयोग हुने गर्छ र मासिक क्यान ,बोटल बेचेर ४,५ सयको हाराहारीमा संकलन हुने बताए । सस्थाले एक गिलास पानीमा एक थोपा दुधको मात्रै काम गरेको हो र यसरी बिश्वमा छरिएर बसेका नेपाली युवाहरुले आफ्नो ठाउँ बाट देशको लागि केहि गर्ने हो  भने देशको शैक्षिक, स्वस्थ जस्ता क्षेत्रहरुमा सजिलै परिवर्तन गर्न सकिन्छ र सबैले गरौ भन्दै आग्रह पनी गरेका छन् ।