कृषिमा लगानी गर्छौ:गैर आवासीय नेपाली

बिदेशमा सिकेको शिप, प्रबिधि र अनुभबलाई नेपालको कृषि बिकासमा प्रयोग गर्न आफुहरु तयार रहेको गैर आवासीय नेपालीहरुले बताएका छन् । उनिहरुले यसका लागि आफुहरु नेपालको कृषि क्षेत्रमा लगानि गर्न तयार रहेको पनि बताएका छन् । 
काठमाडौंको रामकोटमा बिहिवार ग्ल्लोबल क्यापिटलर् इन्भेष्टमेन्ट लिमिटेडले आयोजना गरेको ग्लोबल क्यापिटलर् इन्भेष्टमेन्ट लिमिटेड एक चिनारी -छलफल तथा अन्तरक्रिया ) कार्यक्रममा बिभिन्न देशहरुबाट प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघका सदस्यहरुले सो कुरा बताएका हुन् । उनिहरुले नेपालको आर्थिक बिकासको आधार नै निर्विकल्प कृषि भएकाले यसको बिकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । बिदेशमा सिकेको सिप, प्रबिधि र अनुभवलाई नेपालमा प्रयोग गर्न सके नेपालको कृषि बिकासमा महत्वपर्ुण्ा कदम हुने हुंदा आफुहरु जिसिाईले सुरु गरेको कृषि अभियानमा सहभागि हुन र लगानि गर्न तयार रहेको बताए ।  
कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल क्यापिटलर् इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष देवमान हिराचनले ७० प्रतिशत भन्दा धेरै जनता कृषिमा आश्रति रहेको देसमा मुख्य लगानि कृषिमा गनर्ुपर्ने बताउनुभयो । कृषिको बिकास बिना नेपालको बिकास हुंदैन भन्ने सबैले बुझेपनि यसतर्फलगानिकर्ताको ध्यान नगएकाले नेपाल कृषिमा पनि परनिर्भर हुँदै गएको हिराचनले बताउनुभयो । कृषि प्रधान देस भन्ने तर सम्पर्ुण्ा खाद्यान्नमा परनिर्भर रहनर्ुपर्ने स्थितिले देसको मायां हुनेहरुलाई गंभिर बनाएको भन्दै हिराचनले यो क्षेत्रमा केहि गर्न आफुहरुले ग्लोबल क्यापिटलर् इन्भेष्टमेन्ट कम्पनि खोलेको दावि गर्नुभयो । 
केहि बर्षभित्र नेपालको कृषि क्षेत्रमा लगानि गरि अर्थतन्त्रमा परिवर्तन ल्याउने दावि पनि उहांले गर्नुभयो । नेपाल परापर्ुव काल देखिनै अर्गानिक राष्ट्र रहेको कुरालाई मनन गर्दै बिचमा ब्यापारको कारणले बिग्रिएको वातावरणलाई सुधार्दै केहि बर्षभित्र अर्गानिक राष्ट्र घोषणा गर्ने अभियान कम्पनिले सुरुवात गरिसकेको जानकारि दिंदै हिराचनले यो अभियानमा साथ सहयोग र प्रतक्ष्य सहभागिताका लागि गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा ग्लोबल क्यापिटलर् इन्भेष्टमेन्ट लिमिटेड किन जन्मियो , यसले हाल के गरिरहेको छ र आगामि कार्ययोजना के के छन् भन्ने बिषयमा पावरप्वाईन्ट मार्फ जानकारी गर्राईएको थियो । कार्यक्रममा बिभिन्न देसबाट आएका सय भन्दा बढि गैर आवासिय नेपालीहरुको उपस्थिति रहेको थियो । 
हाल कम्पनिले कृषि, जैविक मल उद्योग, कफि खेती, रामकोट मोडेल फार्म, अर्गानिक आउटलेट सञ्जाल, सौर्य तथा वायु बिजुली , गुँदपाक उत्पादन, जैविक खेती गर्ने किसानलाई प्रोत्साहन, जस्ता परियोजनाहरु सञ्चालन गरिरहेको छ ।