– उमाकान्त पाण्डे गाउंले
कार्तिक १४, दुबइ – दुबइमा आइतबार देखि संसारकै सबैभन्दा ठुलो विमान्स्थल सन्चालनमा आएको छ । संसारकै सबैभन्दा ठुलो र नयाँ एयरपोर्टको नाम अल मोक्तुम इन्टरनेशनल राखिएको छ । यस् को सन्चालनलाई दुबइ एभियसन ईण्ड्रस्ट्रीको लागि कोशेढुङ्गा मानिएको छ ।
दुबइको जेबेलअली क्षेत्रमा रहेको यो विमानस्थल दुबइ सरकारको हो भने यसको सन्चालन दुबइ एयरपोर्ट कम्पनीले गर्ने छ ।
आइतबार देखिनै मोक्तुमले यात्रु स्वागत गर्न थालेको छ । तर यस् को निर्माणाधिन काम भने २०२७ मा पूर्ण हुने बिकास योजना छ । यधपी यस् बिमान्स्थलमा मालवहाँक बिमान भने सन २०१० देखी सन्चालनमा थिए ।
यसको लागत करिब ३२.७७ विलियन डलर रहेको छ ।
वार्षिक १६ करोड यात्रु क्षमता भएको यो एयरपोर्टमा ५ वटा रनवे रहेका छन ।
बिमानस्थलमा हगेंरी विज एयर यात्रु सहित पहिलो एयरलाइन्स बनेको छ ।