बाबु रोका मगर (न्यू दिल्ली भारत)
नेपाली सांस्कृतिक परिवार गूड्गाव ले २०७० को तिहार मा देउसी भईलो खेलेर र अहिले भर्खर मात्र भएको संबिधान सभाको चुनाव भएको खुशी को उपलक्ष्य मा पिकनिक कार्यक्रम को आयो जना गरेको थियो | उक्त कार्यक्रम मा नेपाली सांस्कृतिक परिवार का सबै सदस्य हरुको उपस्थिती मा रमाइलो नाचगान पनि गरेर हर्सउल्लास को साथ पिकनिक कार्यक्रम मनाएका छन |
चुनाव शान्ती पुर्वक भएको र अब हुने संबिधान पनि नेपाली जनताहरुले चाहे जस्तो हुने विश्वाश राख्दै कार्यक्रम को बिसर्जन डि आइ सी गूड्गाव हरियाणा मा अध्यक्ष मोहन थापा ज्यू ले गर्नु भएको थियो | सो कार्यक्रम मा सदस्य हरी डाँगी,राजेश कोइराला अनी अन्य सदस्य हरुले राम्रो सहयोगी को रुप मा पिकनिक कार्यक्रम सम्पन्न गर्नु भएको थियो |