कमसल धितोको बढी मुल्यांकन गरी बैंकलाई ठगी गरेको अभियोगमा ६ जना बैंकर अख्तियारको थुनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगीमा संलग्न भएको अभियोगमा ६ जना बैंकरलाई पक्रेको छ ।कमसल धितोको बढी मुल्यांकन गरी बैंकलाई ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
तत्कालिन घरेलु तथा साना उद्योग विकास बैक तथा हालको यति डेभलपमेण्ड बैकका तत्कालिन कार्यकारी अध्यक्ष सिताराम प्रसाई, तत्कालीन महाप्रवन्धक भागवत श्रेष्ठ तत्कालिन बरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोशी मार्केटिङ प्रालिका प्रोप्राइटर केशवलाल खोशी श्रेष्ठ र उनका वारिस सुनिल प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालिन खरिदार दिब्यराज घिमिरेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
ऋणी केशवलाल श्रेष्ठलाई ऋण दिंदा सुनसरीको औरावनी गाविसमा रहेको जग्गाको अत्याधिक मुल्यांकन गरी बैकलाई नोक्सानी पुर्‍याएको बारे अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले जानकारी दिनुभयो ।