यूएईमा कलाकार संघ गठन गर्न पहल /कलाकारीतामा आबद्द सबैलाई उपस्थित हुन अनुरोध

– उमाकान्त पाण्डे गाउंले 
डिसेम्बर १२  , दुबइ – यूएईमा कार्यरत नेपाली कलाकारहरुले आफ्नै संघ गठन गर्ने भएका छन । उनीहरुले संघ गठनका लागि यहाँ कार्यरत नेपाली कलाकारीतामाक आबद्द सबैको उपस्थितीमा भेला गरी संघ गठन गर्ने प्रकृया अघाडी बढाएको जनाएका छन । 
यूएईमा आधा दर्जन बढी राष्ट्रिय स्तरका कलाकार र एक दर्जन भन्दा बढी स्थानिय स्तरमा ख्याती कमाएका कलाकारको जमघट छ । यसै जमघटलाई एकत्रित गरी कलाकारको सरक्षण र प्रबर्दनका लागि भन्दै उनीहरु सगंठित हुन लागेका हुन । 
राष्ट्रिय स्तरका म्युजिक भिडियो तथा केही ठुलो पर्दामा मोड्लिङ गरिसकेका आशिष पुरुष तथा लक्षमण दिवालीले कलाकारहरुलाई एकजुट बनाउन पहल सुरु गरेका हुन । उनीहरुले आगामी शुक्रबार (१३ डिसेम्बर)का दिन दुबइको मेट्रो पार्कमा यहाँ कार्यरत कलाकारहरुको भेला गरी संघ गठन प्रकृयालाई औपचारिकता दिने जनाएका छन । संघमा आबद्दता हुन चाहने र कलाकारितामा दक्खल राख्ने सबैलाई उपस्थितीका लागि यसै समाचार मार्फत खुल्ला आह्वान गरिएको दिवालीले जनाएका छन । भेला बारे थप जानकारी आबश्यक परे आशिष पुरुष  ०५५४९६९५७४ र लक्षमण दिवाली ०५०३२०७२०४ लाई संपर्क गर्नु अनुरोध समेत गरिएको छ ।