कालिका उच्च मावि बुटवलमा आज देखी बुटवल श्रोत केन्द्र स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ।
कालिका उच्च माविको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित अन्तर उमावि भलिवल प्रतियोगिताको आज एक समारोहमा उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालयका प्रमुख सुवास पन्त गर्नु भएको छ।
विद्यालयको खेल मैदानमा चल्ने भलिवल प्रतियोगितामा बुटवल क्षेत्रका १२ वटा उच्च माविहरुको सहभागिता रहनेछ। खेल सप्ताह अन्तर्गत पुष ५ गते पाँच हजार रुपियाँ पुरस्कार राशी भएको ५ किमी खुला दौड प्रतियोगिता र जिल्ला स्तरीय अन्तर उमावि कविता प्रतियोगिता हुनेछ।