ओखलढुंगामा यस बर्ष सुन्तला उत्पादनमा कमी

ओखलढुंगा  । ओखलढुंगामा यस बर्ष सुन्तला उत्पादनमा कमी आएको छ । फल झर्ने, किरा लाग्ने ,बोट पहेलो हुने र बोटै सुक्ने रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तला उत्पादनमा कमी आएपछि यसको भाउँ समेत महंगिएको छ ।
 ब्यवसायिक सुन्तला खेतीका लागि कृषकहरुमा प्राविधिक ज्ञान नहुँदा सुन्तला उत्पादनमा बर्षेनी कमी आएको कृषकहरु बताउंछन् । 
 
ओखलढुंगामा २ सय ७८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ । सुन्तला उत्पादनमा १० प्रतिशत कमी आएको ताप्लजुङ जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । IMAGECHANNEL