जनसम्पर्क समिति पोर्चुगल को चौथो अधिवेशन फेब्रुवरी १६ मा हुने

– बिनोद घिमिरे – लिस्वन
नेपाली कांग्रेस पार्टी को प्रवाश स्थित भात्री संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगल को चौथो अधिवेशन आउदो सन् २०१४ फेब्रुवरी १६ मा लिस्वनमा हुने भएको छ ।  कार्यसमिति को गत साता सम्पन्न बैठक ले चौथो अधिबेशन को मिति तय गरेको हो । 
 
पोर्चुगल को नेपाली समाज मा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको समिति को स्थापना सन् २००६ मा भएको हो यस संस्था ले पोर्चुगलमा हुने गरेका सामाजिक, सांस्कृतिक गतिबिधी एबम भैपरी आउने समस्या समाधानार्थ यहाँ स्थित सबै संघ-सस्था हरु संग हातेमालो गर्दै आएको छ ।
 
यस अधिवेशन ले नयाँ नेतृत्व को चयन गर्ने हुदा कांग्रेसजन लगायत अन्य संघ-सस्था हरुमा पनि चर्चा को बिषय बन्नेछ । स्थापना काल देखि नै कार्यसमिति को चयन सर्वसम्मत रुपमा हुदै आएको छ ।  
 
चौथो अधिवेशनका लागी जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन प्रसाद जोशी र एक अर्का प्रभावशाली कांग्रेस केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि को रुपमा सहभागी हुने बताईएको छ ।  अधिवेशन भब्य रुपमा सम्पन्न गर्न का लागी आगामी बैठकले विभिन्न उपसमिति हरु गठन गर्ने जानाकारी अध्यक्ष लक्ष्मि प्रसाद सापकोटा ले गराउनु भएको छ ।  साथै उहाले लोकतन्त्र प्रेमी नव आगन्तुक दाजुभाई दिदीबहिनी हरु लाई समिती को सदस्यता लिई संगठन को छाता भित्र गोलबद्ध हुन आब्हान गर्नु भएको छ ।