– अर्जुन काफ्ले,
मलेसिया सरकारले २०१४ को जनवारी वाट मलेसीयामा कार्यरत सवै विदेशी कामदारको न्युनतम तलव ९०० रिङेट लागु गर्न यहा रहेका कम्पनीलाइ निर्देशन दिएको छ । यहा कार्यरत वौधानीक कामदारको न्युनतम तलव ९०० (सावहा र सारवक राज्य वाहेक) वनाउन सन्२०१२को मे मा यहाका प्रधानमन्त्री दातुक नाजिव तुन अव्दुल राजकले धोषणा गरेपनि अहिले सम्म सवै उधोग र अन्य क्षेत्रले कामदारलाइ धोषणा वरावरको तलव दिइएका थिएनन् । मे मा प्रधानमन्त्रीले धोषणा गरेपनि २०१३को जनवारीवाट मात्र लागु गर्ने सरकारको योजना यहाका उधोगीले पुर्ण रुपमा पालन गरेका थिएनन् । यहाको समचार एजेन्सीले वर्नाले जनाए अनुसार नया वर्षको सुरुवात संगै ९००रिङेट लागु हुने भएको हो ।
निराशमा मजदुर
गत वर्ष नै केहि कम्पनीले वडेको तलव दिने भनिएपनि केहि महिना वडेको तलव दिएर फेरी पुरानै तलव दिइएका थिए । मोरङ्ग टाडिका लालवहादुर धमाल पनि यस्तै श्रमीकमा परे । उनले भने गत साल एकमहिनाको तलव पाइयो त्यसपछाडिका महिनामा पुरानै तलव वुझ्न वाध्य भइयो । यो वारे धमाल लगयातका विदेशी कामदारले कम्पनीमा कुरा उठाएपनि सो को कुनै सुनुवाइ भएन यस वर्ष पनि यस्तौ हुन सक्ने डर धमलामा छ । उता सुनसरीकामलेसीयाको शाहलमको एक मेटल कम्पनीमा कार्यरत सुनसरीका पदम अधिकारी कम्पनीले वेसीक तलव वढाउने कुरा हुँदा कम्ती खुसी थिएनन् । ९ सय वेसीक हुने कुरा घरमा समेत जानकारी गराए । तर जव कम्पनीले वेसीक तलव वढाए सँगै अन्य सुविधा कटाए पछि अधिकारी सँगै उनका साथीहरुलाई वढेको तलव