झापाको सतासीधाम ७ मा शनिबार राति आगलागी हुँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । आगलागीमा परी सतासीधाममा डेरा गरी बस्ने मोरङकी ३२ वर्षीया मोनिका भट्टर्राईसँगै उहाँका दुइ छोरा १३ वर्षीय निकेश र ७ वर्षीय निशानको ज्यान हो ।
मोनिकाका श्रीमान बेलायतमा हुनुहुन्छ । उहाँहरु पनि एक हप्तापछि बेलायत जाने तयारीमा हुनुहुन्थ्यो ।
सतासीधाममा रहेको गणेश बजगाईंको घरमा आगो लागेको हो । आगलागीमा ज्यान गुमाएकी भट्टराई नातामा बजगाईंको साली पर्नुहुन्छ ।
आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।