दुबइमा अबैध औषधि बिक्रीगर्ने गिरोह सकृय

– उमाकान्त पाण्डे गाउंले 
दुबइ – पुष २१  – यूएईको दुबइमा अबैध औषधि बिक्रीगरेर ठग्ने गिरोह सकृय भएको पाईएको छ । दुबइ वरपरमा पछिल्लो एक हप्तामा यो क्रम बढेको हो । यस् बाट धेरै नेपाली ठगिएका छन । कतिपय बुद्दीमतापुर्वक बचेँका पनि छन । 
पातलो शरीर । तालुमा केही कपाल भएका इलामका गोबिन्द भण्डारी आफ्नो काम बाट घर फर्किदै थिए । दुबइको ब्यस्त बजार बरदुबई मिनाबजार नजिकै उनलाई बाटोमा रहेका पाकिस्तानी मुलका नागरिकले रोके । आफु हतारमा रहेकोले उनी खासै चासो नलीई कोठामा फर्किए । 
लामो शरीर भए पनि मोटो पनले भद्दा देखिने स्याङ्जाका अर्जुन खनाललाई दुबइको ट्रेडीन्सनल बजार बोट लाग्ने छेउमा यस्तै समुहले अलमलमा पारे । दिनभरको कामको थकान र बढ्दै गएको मोटोपनलाई रोक्न औषधि दिईने भन्दै उनीहरुले आफुलाई औषधिको प्रयोग गर्न सुझाइरहेको बताए । 
उनीहरुको व्यबहारले ठग गिरोह हुन सक्ने भन्दै आफ्नो गोजीमा पैसा नभएको बहानामा त्यहा बाट उनी निस्किए । 
तर पाल्पाका कृष्ण बहादुर थापा भने यो गिरोहको जालमा फसे । उनी अलफाइदी मेट्रो स्टेसन नजिकै रहेका एउटा समुहको लहलहैमा लागेर कपाल झर्न रोक्ने नाममा बिना प्रेसकिप्सन को  औषधि लिएर कोठामा गए । खास कभर नभएको र नाम पनि नदेखिएकोले त्यो चिज के हो भन्ने पत्तो समेत भएन । २६ बर्षमै तालु आलुको फाट जस्तै भएकोले २ सय यूएई धिराम्श (करिब २५ सय नेपाली रुपैयामा)उनले कपाल पलाउने बहनामा प्रेसकिप्सन बिनाको औषधि खाए । तर उनलाई कपाल पलाउने भन्दा पनि शरीर चिलाउने समस्या थपिएको छ । शरीर चिलाएर थापा डा. को मा समेत गए । रगतमा त्यही औषधिको इफ्फेक्ट परेको  डा. ले बताएपछि उनी झस्किए । र अबैध अबैध औषधि बिक्रीगर्ने गिरोह बाट आफु फसेको चाल पाए ।       
सयोग भण्डारी,खनाल र थापा एउटै कोठामा बस्ने साथीभाइ थिए । उनीहरुले आफ्नो अनुभब कोठाका अन्य साथीहारुलाई पनि सुनाए । उनीहरुले  यस्तो समस्या बारे बरदुबईमा रहेको अल राफा प्रहरी कार्यालय गएर उजुरी समेत गरेका छन । 
प्रहरीका अनुसार यस्तो समुह अहिले दुबइमा सकृय भएको आफुहरुले सुराकी पाएको बताए । यस्तो समस्यालाई हामी छिट्टै समाधान गर्न सक्छौ , सर्वसाधारण पनि सचेत हुनुपर्छ प्रहरी अधिकारीको भनाइ छ । त्यस्ता गिरोहको खोजी अभियान जारी रहेको छ ।  
प्रहरीका अनुसार यो गिरोह बरदुबई नेपाली चोक ,अस्टोरिया होटलको आसपास ,बुर्जुमान मेट्रो आसपास ,अल फाहिदी मेट्रोको वरिपरी , क्यरिफोरा जाने बाटो ,बसपार्कको छेउछाउमा रहेको पाइएको छ । 
यो समुहले निधारमा कपाल कम,कपाल फुलेको,शरीर दुब्लो,पेट केहि ठुलो, भद्दा पन ,आखांमा कमजोरी जस्तो देखिने ,थाके जस्तो महसुस भएकाहरुलाई ताकेको पीडित सँगको कुराकानीले देखाएको छ । यस्ता गतिबिधीमा आँफै सचेत भएर जोगिनु पर्ने देखिन्छ । यदी तपाईंहरु पनि यस्तै समस्या बाट पीडित हुनुहुन्छ वा तपाईंलाई कसैले यस्तै बिषयमा फसाउदै छन भने नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी गर्न सकिने छ ।