– युवराज कडेंल
उच्च माध्यमिक विद्यालयका प्रचार्यहरुका लागी संचालन गरेको शैक्षिक नेतृत्व विकास सम्बन्धि छ दिने तालिम आज बुटवलमा सम्पन्न भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद,योजना तथा मुल्यांकन महाशाखाको आयोजनामा शुरु भएको तालिममा पश्चिमान्चल विकास क्षेत्रका विभिन्न ३५ वटा उच्च माविका प्रचार्यहरुको सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारि विष्णु प्रसाद अधिकारीले शिक्षकले सिकेका ज्ञान र शिपलाई ब्यबहारिक रुपमा विद्यार्थीहरुमा उतार्न शिक्षकमा नेतृत्व सिप हुनु पार्ने बताउदै विद्यालयमा द्वन्द व्यवस्थापन, बाल मैत्री सिकाइ र उत्कृष्ट शैक्षिक व्यवस्थापनको लागी प्रचार्यहरुले विद्यालयलाई कुशल नेतृत्व प्रदान गर्नु पार्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा उच्च माद्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुवास पन्त, प्रशिक्षक दिपेन्द्र बहादुर थापा लगायतले नेतृत्व विकास तालिम प्रक्रुयामुखी नभई व्यवहारमुखी हुनुपर्ने र प्रचार्यहरुले सिकेका कुरा विद्यालयमा लागू गर्न सकेमा उच्च माद्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उठ्ने कुरा बताउनु भयो।
तालिम कार्यक्रमका संयोजक तथा योजना तथा मुल्यांकन महाशाखाका उपसचिव डमर कुमार बतासले उमाशिपले आगामी दिनहरुमा पनि पाठ्यक्रम , शिक्षण विधि, परीक्षा संचालन र सिप विकास सम्बन्धि तालिमहरु संचालन गर्ने जानकारी दिनुभयो।