मलेसियामा एक नेपालीको मृत्‍यु

– अर्जुन काफ्ले
श्रमका लागि मलेसिया आइपुगेका एक नेपालीको मृत्यु भएको छ ।
मलेसियाको सेलेङ्गर राज्यस्थित सुँहाइवुलोमा कार्यरत सुनसरी भरौल बाङ्गीका २८ बर्षीय गोपाल राउत बिहीबार मृत अवस्थामा भेटिएका हुन् । 
बुधवार वेलुका काम गर्ने सुङ्गवाइ वुलोस्थित लट नम्वर २२२२ टेस्को प्लास्टिक कम्पनीमा काम गरेर फर्केका राउत बेलुकी साथीहरुसँगै सुतेका थिए । 
राती सँगै खान खाएर राम्रैसँग सुते पनि राउत बिहान ढिलासम्म नउठेका थिए । त्यसपछि शंका लागेर हेर्दा उनी मृत अबस्थामा भेटिएको उनी संगै काम गर्ने कमल खडकाले जानकारी दिए ।
करिब एक वर्ष अघि मलेसिया आएका राउतका एक छोरा र छोरी छन् । उनी कार्यरत कम्पनीले मृतकको मृत्यु कामको दौरानमा नभएकाले बिमा रकम दिन नसक्ने बताएको छ । मृतकको शवलाई पाष्र्टमार्टमका लागि बिहीबार नै अस्पताल लगिएको छ ।