– अर्जुन काफ्ले
अवौधानीक रुपमा मलेसियामा काम गर्दै आएका एक नेपालीे आफ्ना साथीहरुको नगद र मोवाइल लिएर फरार भएका छन् । काभ्रे उग्रतारा जंगलका उमेश मगरले उनि संगै काम गर्ने साथीहरु साथमा रहेको मोवाइल र पैसा लिएर भागेपछि मगरको खोजी गरि दिन उनका साथीहरुले आग्रह गरेका छन् ।
मगर मलेसियाको सेलेङ्गर राज्यको सुगाइलग काजाङ्गमा अवौधानीक रुपमा काम गर्दै आएका थिए । जनवारी १२मा मगरले उनी संग कार्यरत साथीहरु लक्ष्मण राउले को १५सय आरएम र मोवाइल ,प्रकाश चौधारीको नगद १३सय आरएम र मोवाइल,राजकुमार राइको ९००आरएम र मोवाइल ,राजन दर्जीको ७सय ५० ,सन्तोष मगरको ७सय आरएम,हरि खत्रीको ६सय आरएम गरेेर कुल आरएम ५हजार ७सय पचास र ३ थान महगा मोवाइल लिइएर फरार भएका उनी संगै काम गर्ने शरण कुमार खडका ले वताए ।
सवै साथी ड्युटि गएका मौका छोपेर उनीले साथीको साथमा रहेका नगद र मोवाइल लिइएर फरार भएका हुन ।
तलव थापेकै दिन सवैले सो रकम कोठामा ल्याएका थिए । एकै कम्पनीमा काम गर्ने साथी भएकाले विश्वासमा केहि सावधानी नअपनाउदा मगरले पैसा लिएर फरार भएका खडकाले वताए । पिडितहरुले निज मगरलाइ भेटेर खवर गर्ने लाइ पुरस्कार समेत दिने वताएका छन् ।