– उमाकान्त पाण्डे गाउंले
दुबइ – माघ ११ ,यूएईमा नागरिक पत्रकारिता तालिम सम्पन्न भएको छ । उज्यालो मल्टिमिडिया काठमाण्डौको आयोजना र नेपाल पत्रकार महासंघ यूएई शाखाको स्थानीय ब्यबस्थापनमा दुबइमा तालिम भएको हो ।
बिदेशमा नेपालीका गतिबिधि बढे पनि संचार माध्यममा तीनको पहुच नपुगेको भन्दै उज्यालो नाइण्टी नेट्वर्कले खाडी मुलुकहरुमा नागरिक पत्रकार उत्पादन गर्न तालिम आयोजना गरेको हो ।
गत शुक्रबार र शनिबार गरी जम्मा ६ घण्टा प्रशिक्षण दिईएको थियो । तालिममा यहाँ कार्यरत दुई महिला सहित १० नेपालीको सहभागीता थियो ।
तालिममा उज्यालो नाइन्टी नेटवर्कका सम्पादक सुनिल न्यौपानेले प्रशिक्षण दिएका थिए भने पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहाल र उज्यालोका यूएई सहयोगी उमाकान्त पाण्डेले सहजिकरण गरेका थिए ।
बैदेशिक रोजगारीका लागि बिदेशिने नेपालीको संख्या दिनहु बढेको अनुपातमा समस्या थपिदै गएकाले प्रवासमा नागरिक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने प्रशिक्षक न्यौपानेको भनाइ थियो । तालिम बाट सिकेको सीपलाई व्यबहारमा उतार्ने प्रशिक्षार्थीले प्रतिबद्दता जनाएका थिए ।
तालिममा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सोहि तालिम अर्को हप्ता कतारमा हुँदै छ ।