होटल ल्याण्डमार्क पोखरा चितवनमा पनि विस्तार

चितवन  । विगत सात वर्षदेखि पोखराको पर्यटकिय केन्द्र लेक साइडमा सफलतापुर्वक  सञ्चालित तारे होटल ल्याण्डमार्क पोखराको प्रर्वद्घकहरुले चितवनको पर्यटकिय नगरी सौराहा बाघमारामा पनि सुविधा सम्पन्न रिर्सोट सञ्चालनमा ल्याउने तयारी गरेको छ । 



temp



यो रिर्सोट आगामी महिना 27 Feb 2014  देखि आशिक रुपमा सञ्चालनमा आउने छ । ल्याण्डमार्क फरेष्ट पार्क को नाममा सञ्चालन हुने यस रिर्सोटमा ४६ वटा वातानुकुलित (Air Conditioned) पाहुना कोठा, विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय खाना उपलब्ध गराउने रेस्टुरेन्ट र बार, सेमिनार कक्ष, पर्यावरण मैत्री आर्कषक वगैँचा, पौडी पोखरी आदिको सुविधा हुनेछ । 



यो रिर्सोट बाघमारामा सञ्चालन हुने पहिलो अत्याधुनिक सुविधा सम्पन्न रिर्सोट हुनेछ । यसले  आन्तरिक तथा वाहृय सवै प्रकारका पाहुनाहरुलाई खाना, बस्न, मनोरञ्जनको साथै जंगल सफारी र दृष्यावलोकनका सम्पूर्ण प्याकेजहरु सुलभ मुल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।



यो रिर्सोट स्वदेश तथा विदेशका तारे होटलहरुमा २ दशक भन्दा बढि समय अनुभव प्राप्त समुहद्वारा व्यवस्थापन गरिने छ । नेपालको पर्यटन प्रर्वद्घन, विदेशी मुद्रा आर्जन र रोजगारीको सृजनामा यो रिर्सोट कोसेढुङ्गा सावित हुने विश्वास प्रर्वद्घकहरुले लिएका छन ।