नेपाल चीन मैत्री समाज लुम्विनी द्वारा वृद्धवृद्धालाइ कपडा वितरण

– युवराज कंडेल 
नेपाल चीन मैत्री समाज लुम्विनीले चिनिया नया वर्षको अवसरमा वृद्धवृद्धालाइ कपडा वितरण गरेको छ। 
भैरहवा वसन्तपुर स्थित सत्यसाइ वृद्धाश्रममा रहेका १३ जना वृद्धवृद्धालाइ लुम्विनी स्थित चिनिया मन्दिरका भिक्षु च्वन खुइ सिफू  र रुपन्देहीका सहायक प्रजिअ कौशलराज शर्माले तन्ना, च्यादर लगायतका कपडा र हर्लिक्स वितरण गर्नु भएको थियो। 
कार्यक्रममा बोल्दै सहायक प्रजिअ शर्माले वृध्हरु समाजका धरोहर भएकोले प्रत्येक परिवारले उनीहरुलाई आफ्नै परिवारमा सम्मानित र सुखी जीवन विताउन सहयोग गर्नुपर्ने बताउनु भयो। 
सत्यसाई वृद्धाश्रमकि अध्यक्ष माया खरेलले वृद्धरुको सेवा सबै भन्दा ठुलो धर्म रहेको बताउदै हरेक सामाजिक सस्थाहरुले वृद्धाश्रममा बस्न बाध्य भएकालाई बाँच्न र परिवारबाट अपहेलित भएर घर छोड्न बाध्य भएकालाई  परिवारमै पुनर्स्थापित गर्न सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
नेपाल चीन मैत्री समाज लुम्बिनी अध्यक्ष नारायण प्रसाद सापकोटाले नेपाल चिन मैत्रीसम्बन्ध र नेपालमा वृध्हरुको अवस्थामा प्रकाश पर्नु भएको  थियो। 
समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपक गलामीले गर्नुभएको थियो.

अन्य समाचारहरु