कृष्ण खनाल
बुटवल, १७ माघ । समाज परिवर्तनका लागि शैक्षिक जागरणले महत्वपुर्ण भुमिका खेल्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
उनीहरुले गुरुङ समाजलाई समृद्ध बनाउन उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई समाजलाई प्रोत्साहन गर्ने कार्यक्रम ज्यादै सराहनीय भएको बताएका थिए ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रुपन्देहीको बुटवलमा आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका संरक्षक परिषद सभापति शेरबहादुर तमुले शिक्षामा गरिने आन्दोलनले समाज परिवर्तन हुने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक विद्यालय तर्फबाट सिन्धुलीका अविशाा तमु र तनहुका करण तमु त्यस्तै संस्थागत विद्यालयको तर्फबाट चितवनका दिपा तमु र भत्mपुरका विकास तमु पुरस्कृत भएका छन् ।त्यस्तै गरी रुपन्देहीका वरिष्ठ समाजसेवी टेकबहादुर तमु र भाषा साहित्यमा तनहु