यूएईमा मृत्युदण्डको सजायँ सुनाइएका खालिङलाई बचाउन २६ लाख सहयोग जुट्यौ – रकम सकंलन कार्य जारी

उमाकान्त पाण्डे गाउंले ( दुबइ,माघ २०)   यूएईको अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका अनिश खालिङ बचाऊ अभियानमा हालसम्म २६ लाखभन्दा बढी रकम संकलन भएको छ । उनलाई बचाउन ८२ लाख नेपाली रुपैयाँ ब्लडमनी आवश्यक छ ।
मृत्युदण्डको फैसला सुनाइएका खालिङको जीवनरक्षाका लागि हङकङबाट अधिराज राईको पहलमा संकलन गरिएको ७ लाख २१ हजार ७ सय १० रुपैंया र यूकेमा भोलाविक्रम राईको पहलमा संकलन गरिएको ३ लाख १३ हजार ८ सय १२ रुपैंया तारा राई मार्फत्  खालिङकी श्रीमती रविना राईलाई आइतबार काठमाडौंमा हस्तान्तरण गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा रविनाले श्रीमानको जीवन रक्षाका लागि पहल गरिरहेका सबैलाई धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ । 
अनिश खालिङ बचाउ अभियानका संयोजक नारदकुमार राईले अभियानले १४ लाख ९४ हजार चार सय ११ रुपैंया संकलन भएको उज्यालो सँग टेलिफोनमा कुरा गर्दै जनाएका छन् ।
बैदेशिक रोजगारीको सिलसिलामा दुबै पुगेका संखुवासभा मत्स्यपोखरी गाविस ३, निवासी अनिश खालिङलाई त्यहाँको अदालतले ज्यान मारेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको हो । 
संयुक्त  अरब एमिरेट्स यूएईमा समेत एक समिति बनाएर आर्थिक सहयोग सकंलन जारी राखिएको छ । एनआरएनएनसीसी यूएईको संयोजकत्व तथा यहाँका सम्पूर्ण संघसस्थाका प्रमुख सहभागी समितिले रकम सकंलन कार्य जारी राखेको एनआरएन यूएईका अध्यक्ष तथा अनिश बचाउ अभियान यूएईका संयोजक कृष्ण भुसालले जानकारी दिनुभयो । आर्थिक सहयोगका लागि यूएईमा सबै संघसस्था जुटेका छन । आर्थिक रकम सकंलनका लागि सिमित व्यक्तिहरुले रसिद काटेर दिने ब्यबस्था समेत गरिएको भुसालले बताउनु भयो । 
आर्थिक सहयोगका लागि यूएईमा संघसस्थाले हातेमालो गर्दै अभियान चलाएका छन । अभियानले संकलित रकमको पारदर्शिताकालागी लेखा समिति समेत बनाएको छ । सो लेखा समितिले खुला पार्क तथा भिडभाड स्थानमा रकम नउठाउन, नेपाली बाहेक र  अन्य समुदाय भएको ठाउमा पनि भरसक चन्दा नउठाउनु अनुरोध गरेको छ । 
खास गरी नामावली या चन्दा संकलनको कुरा अङ्ग्रेजी वा अन्य भाषामा सकेसम्म नलेख्न सहयोग गरेको रकम सस्था मार्फत उक्त फारम सहित सचिबालय समिति या लेखा समिति बुझाउन आग्रह गरिएको छ । 
संकलित रकम आफूखुशी यो सामाजिक संजालमा उल्लेख नगर्न र अन्यभाषामा नलेख्न भनिएको छ । यस् बिषयमा लेख्नु/बोल्नु भन्दा पहिले खाडि राष्ट्रको नियम कानुनलाई पनि ख्याल गरेर काम गर्नुपर्ने हुनाले प्रचार प्रसारको लागि प्रबक्ता उमेश राईलाई अधिकार प्रदान गरिएको लेखा समितिका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । 
 
आर्थिक सहयोगका लागि चन्दा माग्नु यूएईको कानुनले अबैध ठहर्छ ।              
यूएई अदालतको फैसलापछि खालिङको जीवनरक्षाका लागि देश विदेशमा सहयोग रकम संकलनको अभियान जारी छ । खालिङको जीवनरक्षाका लागि ८२ लाख रुपैंया ब्लडमनी आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको हो । अनिश खालिङको कमाइले मात्र घरखर्च धानिएको राइको परिवारले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन ।