स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी

काठमाडौं, माघ २० । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी आयो । यस दिन छापावाल सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भयो । अघिल्लो दिन तोलाको ५४ हजारमा स्थीर रहेको थियो ।
यस दिन तेजाबी सुन तोलामा ५३ हजार ५ सय ५० मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो । 
IMAGECHANNELS