यूएईमा रहेका नेपाली कलाकारहरु अन्तराष्ट्रिय सस्थामा संगठित

– उमाकान्त पाण्डे गाउंले  
दुबइ माघ २४ – संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा रहेका नेपाली कलाकारहरु संगठित भएका छन । यहाँ रहेका संघसस्था भित्र र बाहिर रहेर कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका कलाकारहरु संगठित भएका हुन । 
यहाँ हुने प्राय जसो साँस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकारहरु अन्तराष्ट्रिय नेपाली कलाकार समाज(अनेकस)नामक सस्थामा आबद्द भएका हुन । बढ्दो बेरोजगारका कारण कला भए पनि पस्किने ठाउँ नपाएएर बिदेशिएका कलाकारहरु बिदेशमा संगठित हुँदै देश बिदेशमा आफ्नो राष्ट्रको पहिचान बढाउन लागेका हुन । 
सबै मिलेर संघर्ष गरे कलाकारको हित हुने भन्दै समाज भित्र संगठित भएको उनीहरुको धारणा छ।यूएईको दुबइमा राष्ट्रिय स्तरमै ख्याति कमाइसकेका कलाकारहरुको ठुलो जमघट छ । 
एकताको संदेश दिन एउटै छाना मुनी बसेर बिदेशमा कार्यक्रमहरु गर्ने उनीहरुको योजना छ । 
कलाकारहरुलाई संगंठित गर्न अनेकस यूएईका महासचिव गोपीकृष्ण पंगेनीको नेतृत्वमा गठन गरिएको वार्ता समितिले पहल गरेको थियो । 
देशमा समेत चर्चा कमाइसकेका रुन्चे गायक प्रकाश पौडेल , लोक सँस्कृतिमा लोक गायनमा ख्याती कमाएका चुमान काउछा मगर तथा आधुनिक गायनमा समेत चर्चा कमाएकी रेखा घिमिरे संगठन भित्र छन । 
लोक दोहोरी गायनमा यूएईमा चर्चा कमाएकी विमला मगर , सुरेश राना बिभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेका आशिष पुरुष,लक्षमण दिवाली,जे.सागर,ममता बिष्ट,आशिकी पाण्डे समेत सस्थामा सहभागी छन । पुरुष भएर पनि महिलाको पहिचान देखाउदै यूएईका स्टेज तताउने दिपक गुरुङ सँगै दुर्गा लिम्बु, अनुराग थपलिया, प्रशान्त तेजपुरिया, साबकी कार्की, यमन गुरुङ,  धमेन्द्र मास्के राना मगर, निश्चल श्री, प्रदिप गैरे लगायत अन्य कलाकार समेत सस्था भित्र छन । 
विश्वका २५ देशमा आफ्नो शाखा विस्तार गरिसकेको अनेकसले यूएईमा एक बर्ष पहिले आफ्नो शाखा विस्तार गरेको थियो । 
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले आउंदो मार्चमा नेदरल्याण्डमा ‘इनास फिल्म अवार्ड’ तथा यूरोप स्तरीय एकल डान्स प्रतियोगिता गर्दै छ । त्यस्तै एसियाका बिभिन्न देशहरुको आयोजनामा आउदो अप्रिलमा कतारमा नेपाली संगीत महोत्सव आयोजना गर्दैछ । 
यसै बीच सस्थामा सबै कलाकारलाई उत्तिकै स्थान दिएर जिम्मेबारीमा केही हेरफेर गरिन सक्ने सस्थाका अध्यक्ष मोहराज शर्मा