यूएईमा जारी श्रीलकां र नेपाल बिचको भलिवल खेलमा नेपाल बिजयी

 – उमाकान्त पाण्डे गाउंले 
दुबइ माघ २५ –  संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा जारी भलिवल खेलमा नेपाली समुह बिजयी भएको छ । नेपाल र श्रीलकां बीच भएको प्रतिस्पर्धात्मक  फाइनल खेलमा ३ – ० को सोझो सेटमा नेपाल बिजयी भएको हो । 
श्रीलंका एसोसिएसन क्लब यूएईको आयोजनामा त्यहाको राष्ट्रिय स्वतन्त्र दिवसको अवसरमा यूएईमा भएको खेलमा नेपालको तर्फ बाट तमु प्येल्हु संघ यूएईले प्रतिनिधित्व गरेको थियो । 
खेलमा यूएईमा रहेका एसियन मुलुकका ८ समुहले सहभागीता जनाएका थिए ।      
दुबइको अल वासलमा रहेको भलिवल कोर्ट् मा भएको साताब्यापी भलिवल प्रतियोगितामा प्रथम नेपाली समुह तमु प्येल्हु संघ यूएईलाई यूएईका लागि श्रीलंकन राजदुत डा. महिन्दा बालासुर्यले शुक्रबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरे । 
प्रथम हुने नेपाली समुहलाई नगद २ हजार यूएई धिराम्श , कप र मेडल प्रदान गरिएको थियो । 
तमु प्ये ल्हु  संघ यूएईका खेलकुद बिभाग प्रमुख सन्तोष गुरुङको कप्तानीमा नेपाली समुहले आफ्नो खेल खेलेको थियो । खेल हेर्न तथा समुहको समर्थनका लागि तमु प्येल्हु संघका कोषाध्यक्ष ओम गुरुङ् ,महिला सदस्यका साथै नेपालीहरुको बाक्लो उपस्थिति थियो । 
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा  , उत्कृष्ट सटर र अनुशासन समुहमा पनि नेपालले पुरस्कार पाएको तमु प्ये ल्हु संघका अध्यक्ष एकजङग गुरुङले जानकारी दिए ।  
सन १९४८ फ्रेबुअरी ४ मा मा अग्रेंज शासन बाट मुक्त भएको सम्झनामा श्रीलंकाले आफ्नो स्वतन्त्रता दिवस मनाउदै आएको छ ।