ओमानमा ल्होछार २८५० को अवसर सास्कृतिक कार्यक्रम सम्पन्न

सालीकराम आचार्य ओमान,कुरुम
२४ माघ २०७०  । ७ फेर्वुरी २०१४ शुक्रवारका दिन  साथ ल्होछार २८५० को शुभकामना समारो बुद्ध भिजन ओमानको ल्होछार २८५० को पावन अवसर पारेर सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त संकृतिक समारोहको अध्यक्षता ङिमा लामाले गरेका थिए भने अन्जु तामाग को सन्चालन रहेको थियो ।
 ओमानका लागी क्रार्यबाहक राजदुत झविन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो तथा अतिथिहरुमा नेपाली लोक गायक मिलन लामा, लोक गायिका शान्तीश्री परियार, गैर आवासीय नेपाली ओमानका अध्यक्ष डी.बी.क्षेत्री र उपाध्यक्ष दीपक श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने, नेपाली समाज ओमानका उपाध्यक्ष इच्छा राई, सगरमाथा समुहः ओमानका अध्यक्ष राजेन्द्र चौधरि, नेपाली महिला समुह ओमानकी अध्यक्ष पार्बती श्रेष्ठ, जन प्रगतिशील मन्च ओमान का प्रतिनिधी झिल्लु न्यौपाने, ल्होछार २८५० क्रार्यक्रमको मिडिया पार्टनर रहेका प्रवास खबर डट कमका संबाददाता तथा संसारन्युजको