गोरखामा भैंसीले हानेर मृत्यु

धादिङ, माघ २४ – गोरखा जिल्लाको खोप्लाङ गाविस-२ पोखराबेशीमा शुक्रबार भैंसीले हानेर सोहि गाविस-३ का ७० वषिर्य तुलसी प्रसाद वस्तीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पालुङटारका अनुसार बौद्धकुमारी आर्चायको बिरामी भैसीलाई औषधी खुवाउने क्रममा भैसीले हानेर वस्तीको मृत्यु भएको हो । भैसीलाई औषधी खुवाउन मद्धत गर्न गएका उनको बिरामी भैसीले हानेर मृत्यु भएको प्रहरी निरिक्षक द्धारिकाप्रसाद घिमिरेले जानकारी दिए । EKANTIPUR

अन्य समाचारहरु