अनिशलाई बचाउन यूएईमा तमुस्यो चेलीबेटीले जुटाए ६० हजार

– उमाकान्त पाण्डे गाउंले
दुबइ, माघ २८ – दुबईमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ राइलाई बचाउन तमुस्यो (गुरुङ्सेनी)चेलीहरुले ६० हजार नेपाली रुपैया संकलन गरेका छन ।  
गत शुक्रबार दुबइमा एक भोजभतेरको कार्यक्रम गरेर उनीहरुले सो रकम संकलन गरेका हुन । 
यहाँ कार्यरत गुरुङग अर्थात तमुहरुका दुई सस्था तमु समाज र तमु प्ये ल्हु संघ यूएईका चेलीबेटीलाई स्योकै (भोज) खुवाइ कार्यक्रममा यूएई धिराम्श २ हजार २ सय ७० (करिब ६२ हजार नेपाली रुपैया) जम्मा भएको हो । सकंलित रकम \’अनिश खालिङ राई बचाउ अभियान यूएईका  सचिबालय लेखा समितिका सदस्य कृष्ण पौडेललाइ हस्तान्तरण समेत गरेका छन । 
तमु जातीको मौलिक पहिचान दिने \’त ल्होसार पर्व\’को अवसरमा चेलीबेटीहरुलाई एकै ठाउमा जम्मा गरि भोज(स्योकै) खुवाउने प्रचलन छ ।
 Photo8
सोही चलनलाई प्रवासमा रहेका तमुस्यो (तमु चेलीहरु)लाई एकै ठाउँमा जम्मा गरेर भोज खुवाइएको हो । तमुहरुले यूएईमा प्रत्येक बर्ष यस्तै कार्यक्रम गर्दै आएका छन । तर यस् पटक भने भतेर बाट संकलित रकम एक नेपालीको ज्यान बचाउका लागि प्रयोगमा लागाएर उदाहर्णिय कार्य गरेका छन ।  
कार्यक्रममा तमुहरुको पहिचान दिने खालका सास्कृतिक झाकीहरु प्रस्तुत गरिएको थियो । तमुहरुले लगाउने पहिरन \’छ्याजलोमा\’ महिलाहरु सजिएका थिए । कार्यक्रममा उपस्थित केही महिलाले नाकमा ठुलो ढुङ्ग्री त कतिपयले मुन्द्री लगाएका थिए । घाटीनै लातारिने ओजनीलो रातो दानाको माला \’पीरु\’ लगाएका महिलाले गैर तमु (पुरुष) तमुस्यो (महिला) लाई स्वागत गरिरहेको देखिन्थ्यौ । 
श्याम तमुको अध्यक्षता र तमु समाज युएईका पूर्व महासचिव पबित्रा तमुस्योको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली समाज यूएईका पूर्व अध्यक्ष समेत रहेका तमु समाजका प्रमुख संरक्षक- यम प्रसाद तमु, तमु प्ये ल्हु संघ यूएईका कर्नेल सुबी राज तमु , तमु समाज सल्लाहकार समितिका राजु तमु र तमु प्ये ल्हु संघ यूएईका अध्यक्ष एकाजंग फ्लेमे तमु लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
कार्यक्रमको सन्चालन तमु प्ये ल्हु संघका महासचिव तमु टू क्ल्हेप्री तमु र तमु समाज युएई अबुधाबी क्षेत्रिय साखाका वरीस्ठ सल्लाहकार गुन्जमान तमुले गरेका थिए । 
छोरीचेली भोज खुवाइ कार्यक्रमका लागि शिव लामा तमुको संयोजकमा ५ सदस्यिय टोली खटिएको थियो । 
सस्थामा उच्च योगदान दिएको भन्दै त ल्हो ल्होसार अवार्ड २०१४ बाट मुक्ति टू क्ल्हेप्री तमुलाइ सम्मान गरिएको थियो । त्यस्तै भोजमा तमु परीकारको ब्यबस्था गरिदिएकोमा तमु प्ये ल्हु संघ युएईकी चेली मेखमाया तमुस्योलाई प्रशंशा र मायाको चिनो बाट सम्मान गरिएको थियो । 
 
भोजभतेरका लागि सस्थामा आबद्द थोरै धन धेरै मन भएका तमुहरुले सहयोग गरेका थिए । 
तमुहरुके शुभ कार्यमा ढिलाई नगरौ भन्दै अनिश बचाउ अभियानमा सहयोग गर्ने प्रतिबद्दता जनाए ।  
एक नेपाली भएका नाताले अर्को नेपालीलाई पर्दा सहयोग गर्नु पर्ने भन्दै भोज कार्यक्रममा उपस्थित सबैले यूएईमा मृत्‍युदन्डको सजाय पाएका अनिश खालिङ राई लाई बचाउन आबश्यक पर्ने ब्लडमनीका लागि ब्याकअप मनी संकलन कार्यमा सहयोग स्वरुप सोही दिन जम्मा गरिएको रकम उसै दिन हस्तान्तरण गरेको तमु तमु प्ये ल्हु संघका अध्यक्ष एकाजंग फ्लेमे तमुले जानकारी दिए ।