काठमाडौ, माघ २९ – काठमाडौँको नयाँपाटीमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
रत्नपार्कबाट साँखुतर्फ गइरहेको बा२ख ५३४० नम्बरको यात्रुबाहक बसको छतबाट खस्दा साँखु सुन्टोलका ६३ वर्षीय बुद्धिबहादुर मिजारको मृत्यु भएको हो ।
बसबाट खसेर गम्भीर घाइते भएका मिजारको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । रासस