अनिशलाई बचाउन मलेसियामा पनि सहयोग अभियान

मलेसिया / दुबईमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ राइलाई बचाउन मलेसियामा पनि अभियान सुरु गरिएको छ । 
अनिश खालिङ राइलाई मृत्युदण्डबाट व्लड्मनी तिरेर बचाउन सकिने भएकोले मलेसियामा पनि आर्थिक सकंलनका लागि अभियान गरिएको हो । 
एक पाकिस्तानीको हत्या अभियोगमा  अदालतले मृत्युदण्डको सजाय सुनाउँदै  व्लड्मनी तिरेर छुट्नसक्ने निर्णय गरे अनुसार अनिश खालिङ वचाउ सहयोगार्थ बिहीबारबाट युवाहरुले अभियान थालेका हुन् । 
अभियानमा राइकै गृह जिल्ला संखुवासवाकै युवाहरुको सकृयता छ । 
अभियानका लागि संखुवासभाकै केवल राइको संयोजकत्वमा समिति बनाइ मलेसियाका युवाहरु अभियानमा जुटेका हुन्  ।
पत्रकार अर्जुन काफ्ले ले जनाए अनुसार रकम संकलनपछि  सिजी रेमिट मार्फत उठेको रकम अनिशको परिवारलाई पठाइने छ  ।  
सहयोग भेटघाटबाट संकलन गरिने भएपनि सहयोग गर्न चाहनेले मलेसियामा रहेका देब बहादुर कार्कीको फोन नम्बर 112103299064 मा सम्पर्क गर्न अनुरोध गरिएको छ । CIMB बैँक को एकाउन्ट नम्बर 14840002941525 मा केवल राई मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ ।