दुर्घटना पिडितलाइ युएईबाट आर्थिक सहयोग

युएई दुबई । गत सुक्रबार लोकौली समाज युएई (नवलपरासी )ले रुपौलिया ५ नवलपरासीका मधुसुदन गिरीलाई ३०,००० तिस हजार नेपाली रु आर्थिक सहयोग गरेको छ । 
३ महिना पहिले मात्र स्थापना भएको उक्त समाजले रोजगारीको सिलसिलामा मलेसिया गएका मधुसुदन गिरि १ महिना आगाडी काम गर्दा गर्दै घाईते भए पछि काम गर्न नसक्ने अबस्थामा रहेकोले  कम्पनीले नेपाल फर्काएको र घरको स्थिति पनि नाजुक भएकोले युएई मा रहेका रुपौलिया गबिस(नवलपरासी) का नेपाली दाजु भाइ दिदिबहिनिहरु मिलेर आर्थिक संकलन गरि  लोकौली समाज का अध्यक्ष सैलेन्द्र कुमार मुडभरीको रोहबरमा उक्त रकम अल हलिया एक्सचेन्ज बाट नेपाल पठाएको हो । 
सहयोग गरेको मा नेपालमाबाट घाईतेका परिवारले धन्यवाद पनि दिएका छन ।